गृहपृष्ठ एकता प्रकृया टुंगो लगाउने नेकपाकाे अन्तिम कसरत, शीर्ष नेताबीच छलफल
एकता प्रकृया टुंगो लगाउने नेकपाकाे अन्तिम कसरत, शीर्ष नेताबीच छलफल
एकता प्रकृया टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताको बैठक बसको छ । आइतबार बिहान एकता प्रकृया टुंग्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलको बैठक बालुवाटारमा बसेको हो । बैठकमा भएको सहमति भने सार्वजनिक गरिएको छैन ।
कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन बैसाख ९ गते एकता प्रक्रिया टुंगो लगाउने गरि छलफल भएको बताइएको छ । एकतालाई अन्तिम रुप दिन शुक्रबार र शनिबार ओली र नेपालबीच छलफल भएको थियो ।
त्यस्तै सिन्धुपाल्चोकबाट फर्किए लगत्तै प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । पार्टीको जिल्ला नेतृत्वको विषयमा नेताहरुबीच विवाद रहेको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष पुग्दा समेत एकता प्रक्रियाले पूर्णता पाएको छैन ।
प्रकाशित समय ११:४४ बजे
















