गृहपृष्ठ नेकपा एकता विवाद टुंगियो, भोलि घोषणा
नेकपा एकता विवाद टुंगियो, भोलि घोषणा
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम टुंगिएको बताएका छन् । नेकपा स्थापनाको ७० औं दिवसको अवसरमा पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उनले एकताको बाँकी काम टुंगिएको बताएका हुन् ।
अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी टुंग्याइएको बताए । भोलि घोषणा हुने गरी निर्णय गर्न साँझ सचिवालय बैठक बोलाइएको उनले जानकारी दिए ।
‘आइतबार बिहान शीर्ष नेतको बैठकमा सहमति भएको हो, सोमबार ऐतिहासिक दिन्न बन्छ’ उनले भने ।अध्यक्ष प्रचण्डले पार्टी एकता टुंग्याउँदा सिद्धान्तलाई मुख्य आधार बनाएको बताए । ‘अनुहार हेरेर होइन, सिद्धान्तमा टेकेर एकता टुंग्याइएको छ’, उनले भने ।
आइतबार बिहान एकता प्रकृया टुंग्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलको बैठक बालुवाटारमा बसेको थियो ।
प्रकाशित समय १२:५५ बजे
















