गृहपृष्ठ प्रदेश सांसदद्धारा प्रशासकिय अधिकृतमाथी दुर्व्यवहार, कर्मचारी आन्दोलित

प्रदेश सांसदद्धारा प्रशासकिय अधिकृतमाथी दुर्व्यवहार, कर्मचारी आन्दोलित

सर्लाही– नगरपालिका कार्यलयका प्रशासकिय अधिकृतमाथी दुब्र्यवहार भएको भन्दै कर्मचारी आन्दोलित भएका छन् ।
सर्लाहीको कबिलासी नगरपालिकाका अधिकृत नवीन श्रीवास्तवलाई प्रदेश सांसद संजय कुमार यादवले सम्झौता कार्यादेशमा जबरजस्ती सहीछाप गराएको बताईएको हो । प्रशासकिय अधिकृत श्रीवास्तव माथी सांसद यादवले दुब्र्यवहार गरेको भन्दै कर्मचारीहरु कार्यालयका कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका हुन्् ।
आन्दोलित कर्मचारीहरुले कार्यालयको साँचो मेयर कौशल किशोर यादवलाई बुझाएका छन् । उनिहरुले कर्मचारीमाथी दमन गर्नेलाई कार्वाहीको माग गर्दै शिक्षा, स्वास्थ्य, कृषी, भेटनरी लगायत नगरपालिकाको मातहतमा रहेका सम्पूर्ण कार्यालयको कामकाज ठप्प पारेका छन् ।
सांसद यादवले आफुलाई उपमेयरको कार्यकक्षमा बोलाई नगरपालिकाको वडा नं. १०को योजनाहरुमा जबरजस्ती सही गराएको अधिकृत श्रीवास्तवकोे आरोप छ । मेयरबाट सदर नै नभएको सम्झौता कार्यादेशमा जबरजस्ती सहीछाप गराएको अधिकृत श्रीवास्तवले बताए । डरधाक देखाई जबरजस्ती काम गर्न लागएपछि आफुहरु असुरक्षित बनेको उनले बताए ।
सांसदले कर्मचारीलाई अपहरण शैलीमा कोठामा धुनेर काम गराउनु निन्दनिय कार्य भएको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले बताए । ‘प्रदेश सांसद जस्तो पद ग्रहण गरेको व्यक्तिले २० वर्षदेखि बिग्रिएको व्यवस्थालाई सपार्नु पर्नेमा मलजल दिने काम गरे’ मेयर यादवले भने, ‘प्रदेश कानुनको निर्माण गर्ने व्यक्तिबाट नै आज कर्मचारी असुरक्षित बनेका छन् ।’
काम छिट्टो गर्न आग्रह मात्र गरेको होः सांसद यादव
योजना चालु नगरेपछि आफुले योजना सुचारु गर्नका लागि अधिकृतलाई आग्रह मात्र गरेको सांसद संजय कुमार यादवको बताए । ढेड महिना पहिले सर्वपक्षिय भेलाबाट पारित भएका योजना सम्झौता नगरी झुलाउने काम गरेपछि आफुले योजना सुचारु गराउन पहल गर्न गएको उनले बताए ।
‘मैले समस्या कसरी समाधान गर्न सकिन्छ भनेर प्रशासकिय अधिकृत सगँ बुझन गएको थिए,’ उनले भने, ‘अपहरण शैलिमा प्रशासकिय अधिकृत थुनेको आरोप लगाए । मलाई बद्नाम गर्न खोजियो’ ।

प्रकाशित समय ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु