गृहपृष्ठ निजी क्षेका बैक ग्रामीण क्षेत्रमा जादै

निजी क्षेका बैक ग्रामीण क्षेत्रमा जादै

भैरहवा- मुलुक सघिंयतामा गएसगै बैंक तथा बित्तीय संस्थाहरुले पनि आफ्नो पहुच ग्रामीण क्षेत्र तर्फ बिस्तार गर्ने कार्यलाई महत्व दिन थालेका छन ।
सरकारले पनि बैंक तथा बित्तीय संस्थालाई ग्रामीण तथा कृर्षी, उत्पादन क्षेत्रमा लगानी बढाउनु पर्ने निती ल्याएको छ । सोही अनुसार बैंक तथा बित्तीय संस्थाहरुले पछिल्ला समयमा ग्रामीण क्षेत्रमा लगानी तथा साखा बिस्तार गर्न थालेका हुन् । यसअघी गाउमा पुगेको कृर्षी बिकास बैंक द्धन्द्धकालमा असुरक्षाको कारण देखाउदै सदरमुकाममा आए पछि ग्रामीण क्षेत्रमा बैंकीक पौच पुग्न कठीन थियो ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले ग्रामीण तहसम्म शाखा बिस्तार, निक्षेप र लगानी वृद्धिका योजना अघि सारेको छ । जिल्लाका १६ वटै स्थानीय तहमा शाखा खोल्ने बैंकको तयारी छ । ९ जिल्लामा ३३ वटा शाखा चलाएको बैंकका रुपन्देही जिल्लामा करिव एक दर्जन शाखा रहेका छन् । ‘रुपन्देही निक्षेप र कर्जा लगानीमा धेरै राम्रो छ, प्रदेश राजधानी भएपछि लगानीका धेरै संभावना बढेका छन्, त्यसैले लगानी, निक्षेप र पहुँच बढाउन थालेका हौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले भने ।
त्यस्तै तीन जिल्लामा कार्यक्षेत्र रहेको मिसन डेभलपमेन्ट बैंकले पनि लगानी र शाखा बढाउने गृहकार्य थालेको छ । रुपन्देहीका ग्रामीण तहसम्म शाखा खोल्नका लागि बैंकले अध्ययन गरिरहेको प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद घिमिरेले बताए । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकले रुपन्देही जिल्लामा १० वटा शाखा पु¥याउने घोषणा गरेको छ । बैंकले शुद्धोधन गाउँपालिकाको मानपकडी, ओमसतियाको ठुटेपिपल र सैनामैना नगरपालिकाको बुद्धनगरमा छिट्टै नयाँ शाखा सञ्चालनमा ल्याउने बताएको छ । तीव्र पूर्वाधार विकास, औद्योगिकरण र सहरीकरणले रुपन्देहीमा बैंक तथा वित्तीय संस्थाको आकर्षण बढी रहेको छ । प्रदेशको अस्थायी मुकामका कारण बैंकहरुले थप लगानी र पहुँच बढाउने योजना अगाडि सारेका छन् । चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले बैंकर्सउत्साहित भएर लगानी र पुँजी जुटाउने योजनामा लागेको बताए ।
डेभलपमेन्ट बैंकर्स एशोसिएशनका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेलका अनुसार अस्थायी राजधानीले रुपन्देही प्रदेश ५ को लगानी परिचालनको मुख्य केन्द्र बनेको बताए । यसले पनि बैंकहरु लगानी र क्षेत्र बढाउन इच्छुक भएको उनको भनाई छ । नेपाल राष्ट्रबैंक सिद्धार्थनगरका अनुसार गतवर्ष मात्रै रुपन्देहीका बैंकहरुले १ खर्ब ३७ अर्व ३ करोड ८९ लाख निक्षेप संकलन गरेका थिए । त्यसको अघिल्लो वर्ष निक्षेप संकलन १ खर्ब ७ अर्ब थियो । त्यसबाट १ खर्ब ५० अर्ब २ करोड ६१ लाख कर्जा लगानी गरेका थिए ।
बैंकहरुको धेरै लगानी यातायात र घरजग्गामा रहेको छ । व्यवसाय र औद्योगिक क्षेत्रमा पहिले भन्दा सुधारोन्मुख छ । पेय पदार्थ, गैर खाद्य वस्तु, निर्माण र होटल रेष्टुरेन्ट तथा पर्यटन उद्योगमा उल्लेख्य लगानी छ । राष्ट्रबैंकका निर्देशक अशोककुमार पौडेलले भैरहवा र आसपासका क्षेत्रमा बैंकहरुले उल्लेख्य लगानी गरेको बताए । अव आउन सक्ने निक्षेप, गर्नुपर्ने लगानी र बचत परिचालनका लागि बैंकहरुले प्राथमिकताका क्षेत्रहरु छुट्टयाएर पहुँच बढाउनुपर्ने बताए ।
राष्ट्रबैंकका अनुसार रुपन्देहीमा बैंकको संख्या २ सय ६७ पुगेको छ । बाणिज्य बैंकका १ सय १८ वटा शाखा छन् । केन्द्रीय कार्यालय रहेका ५ वटा विकास बैंक छन् । यसबाहेक विकास बैंकका ६५ वटा शाखा छन् । फाईनान्स कम्पनी ७ र लघुवित्त बैंक ७७ वटा रहेका छन् ।

प्रकाशित समय ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु