गृहपृष्ठ सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न असफल : मोहनबिक्रम सिंह
सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न असफल : मोहनबिक्रम सिंह
नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा असफल भएको आरोप लगाएका छन् । निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने भ्रष्टाचारीलाइ कारबाहि नगर्ने, राष्ट्रियता बिरुद्धमा नागरिकता बिधेयक ल्याउने कामले सरकार असफल भएको उनको भनाइ छ ।
रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा बिहिबार आयोजित साक्षात्कारमा उनले सो कुरा बताएका हुन् । महामन्त्री सिंहले लोकतन्त्र, गणतन्त्रका बिषयमा सरकारको नीति स्पष्ट भएको बताए तर यो सरकार राष्ट्रियताको अडानले सत्तामा आएको स्मरण गर्दै अहिले राष्ट्रियता कहा हरायो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘राष्ट्रियताको बिषयमा सरकारले ढुलमुलको नीति अवलम्वन गरेको छ ,नागरीकता बिधेयक र गृह मन्त्रालयको सर्कुलरले राष्ट्रियताको धज्जी उठाएको छ ।’ यो सरकार अपदस्थ बनाउने चर्चा चलिरहेको भन्दै उनले आफ्नो पार्टी त्यसमा सहमत नभएको बताए । नेपालको रााष्ट्रियता, सार्बभौमिकता र अखण्डतामा भारतीय बिस्तारबादबाट खतरा रहेको उनको दाबी छ । सरकार कमजोर बन्दा गणतन्त्र बिरोधी शक्तिहरु चलखेल गरिरहेको उनको भनाइ छ ।
संघीयताले मुलुकलाई बलियो नभई कमजोर बनाउने भएकाले संघीयतासँगै प्रदेश सरकार खारेज गरी स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड छ । सरकारले भूमाफियालाइ कारबाहि गर्न नसके समृद्धि प्राप्त हुन नसक्ने बताउँदै सरकारी जग्गा हडप्नेलाइ तत्काल कानुनी कारबाही गर्नुपर्ने उनले बताए ।
सरकारले सिके राउतसँग ११ बुँदे सहमति गर्नु सकारात्मक भएपनि जनमत संग्रह गरेर मुलुक बिभाजन गर्न नसकिने प्रष्ट पारे । गणतन्त्र र धर्मनिरपेक्षता कायमै रहनु पर्ने भन्दै सिंहले गणतन्त्रबादीहरु एक हुनुपर्ने बताए । उनले विप्लवको एजेन्डा प्रष्ट हुनुपर्ने समेत बताए ।
प्रकाशित समय १५:५२ बजे
















