गृहपृष्ठ सेञ्चुरी बैंकको साँढे ६ प्रतिशत लाभांश पारित

सेञ्चुरी बैंकको साँढे ६ प्रतिशत लाभांश पारित

सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारण सभाले शेयरधनीहरलाई कायम रहेको चुक्ता पूंजीको २ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।
बैंकको साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेशकुमार श्रेष्ठ, सुनिलकुमार न्यौपाने र अभिषेक बज्राचार्य सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
बैंकले पुस मसान्तसम्म निक्षेप ६४ अर्ब १२ करोड र कर्जा ५९ अर्ब ६१ करोड परिचालन गरी ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखा, ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ९८ शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरका साथै १३ वटा शाखारहित बैंकिङ्क गरी १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु