गृहपृष्ठ काठमाडौंको नयाँ बजार र लाजिम्पाटमा सिद्धार्थ बैंकका शाखा

काठमाडौंको नयाँ बजार र लाजिम्पाटमा सिद्धार्थ बैंकका शाखा

SBL_Naya-Bazar-newskarobar

सिद्धार्थ बैंकले मंगलबार काठमाडौंको दुई स्थानमा शाखा स्थापना गरेको छ । बैंकले काठमाडौंको नयाँबजार र लाजिम्पाटमा दुईवटा शाखाको औपचारिक उद्घाटन गरेको हो ।

नयाँबजार शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य रामवीर मानन्धरले गरे भने लाजिम्पाट शाखाको उद्घाटन काठमाडौं महानगरपालिका–२ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गरे ।

बैंकले हाल १५३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), १०० शाखारहित बैंकिङ, १६२ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिनमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु