गृहपृष्ठ ढुंगेधारामा प्रभु बैंकको शाखा कार्यालय स्थापना

ढुंगेधारामा प्रभु बैंकको शाखा कार्यालय स्थापना

Prabhu-Bank-Dhungedhara-newskarobar

प्रभु बैंकले काठमाडौं महानगरपालिका–१५, ढुंगेधारामा शाखा कार्यालय स्थापना गरेको छ । बैंकको ढुंगेधारा शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सोमबार एक समारोहबीच उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा प्रभु बैंकका सञ्चालक समिति अध्यक्ष देवीप्रकाश भट्टचनको समेत उपस्थिति थियो भने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य व्यक्त गरे ।

डेपुटी गभर्नर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखा सञ्जाल विस्तार गरी बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको बताए ।

प्रकाशित समय २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु