गृहपृष्ठ एभरेस्ट बैंकमा प्रधानमन्त्रीको नाममा ४२ लाख रूपैयाँ

एभरेस्ट बैंकमा प्रधानमन्त्रीको नाममा ४२ लाख रूपैयाँ

kp-oli-newskarobar

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले बैंक खातामा ४२ लाख रुपैयाँ सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका छन् । एभरेस्ट बैंकमा रहेको प्रधानमन्त्री ओलीको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । ओलीको सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा छ । दुर्इवटा घर छन् । एउटा एक रोपनी र अर्को डेढ रोपनी जग्गा छ । दुवै जग्गामा दुर्इवटा घर छन् । त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ । ओलीसँग करिब १७-१८ तोला गहना रहेको उल्लेख छ । त्यस्तै, श्रीमती राधिकाको नाममा तीनवटा बैंकमा खाता छन् । माछापुच्छ्रे बैंकमा चार लाख, प्रभु बैंकमा ६ लाख, राष्ट्रिय बचत पत्रमा २५ लाख रुपैयाँ लगानी छ । राष्ट्र बैंकका पूर्वकर्मचारीका रुपमा उक्त बचत रहेको प्रधानमन्त्रीको विवरणमा उल्लेख छ ।

प्रकाशित समय १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु