गृहपृष्ठ राष्ट्रवादको पाठ पढाउनु पर्दैन : नेता देउवा

राष्ट्रवादको पाठ पढाउनु पर्दैन : नेता देउवा

काठमाडौं– सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर कडा टिप्पणी गरेको छन् । नीति तथा कार्यक्रममा राष्ट्रियताको विषयमा पाठ पढाउन खोजेको भन्दै उनले तराई, पहाड र हिमालसम्मका सबै नेपालीले राष्ट्रियताको विषयमा बुझेकाले पाठ नपढाउन सुझाव दिएका हुन् ।
नेता देउवाले सरकारले पाँच वर्षमा आर्थिक वृद्धिदर दोब्बर बनाउनेलगायतका विषय समेटेको भए पनि त्यसका लागि ठोस आधार तय नगरेको बताए । यद्यपि, देउवाले सरकारको नीति तथा कार्यक्रमले सकारात्मक सन्देश दिन खोजेको बताए । ‘सरकारले नीति तथा कार्यक्रममा राजस्व वृद्धिको विषयलाई जोड दिएको देखियो,’ उनले भने, ‘तर मुलुकको समृद्धिको आधार तय गर्ने विषयमा कसरी गर्ने भन्ने विषयमा स्पष्ट पार्न सकेको देखिँदैन ।’
पूर्वसभामुख एवं सांसद ओनसरी घर्तीले नीति तथा कार्यक्रमले समेटेको विषयमा आफ्नो समर्थन रहेको बताइन् । ‘सरकारले आर्थिक समृद्धितर्फ बढेको प्रस्ट संकेत दिएको छ,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार निर्माणमा सरकारले लिएको अग्रसरताले मुलुकको विकासमा ठूलो फड्को मार्ने विश्वास छ ।’

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु