गृहपृष्ठ रारामा भारतीय पर्यटकलाई कर्णाली प्रदेशको स्वागत

रारामा भारतीय पर्यटकलाई कर्णाली प्रदेशको स्वागत

rara taal newskarobar

कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भारतीय पर्यटकलाई स्वागत गरेको छ । कर्णाली प्रदेशको मुगुमा अवस्थित रारा ताललाई गन्तव्य बनाएर सुर्खेत पुगेका भारतीय पर्यटकलाई पर्यटनमन्त्री नन्दसिंह बुढाले नेपाली टोपी लगाएर स्वागत गरेका हुन् ।

मन्त्री बुढाले नेपाल र भारतको वर्षौंदेखिको सम्बन्धलाई भ्रमणले प्रगाढ बनाउने विश्वास व्यक्त गरे । ‘नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक पर्यटनको आकर्षक गन्तव्य हो,’ उनले भने, ‘कर्णाली भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल हो ।’

पर्यटन मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले १८ भारतीय पर्यटक राराताल अवलोकन गर्न आएको जानकारी दिए । ‘होटल सेन्ट्रल प्लाजा कोहलपुर’ र ‘वर्ल्ड अफ ओभरल्यान्ड एडभेन्चरस’को समन्वयमा भारतीय पर्यटक राराताल घुम्न आएका हुन् । प्रदेश सरकारले कर्णाली भ्रमण वर्ष मनाइरहेको छ ।

प्रकाशित समय ०६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु