गृहपृष्ठ एनआईसी एसिया बैंक र एनसीएचएलबीच सम्झौता
एनआईसी एसिया बैंक र एनसीएचएलबीच सम्झौता
काठमाडौं- एनआईसी एसिया बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच कनेक्ट आईपीएस प्रणालीको सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । कम्पनीसँगको सहकार्यमा बैंकले १ लाख रुपैयाँसम्मको राजस्व भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
सम्झौताअन्तर्गत यस बैंकमा खाता रहेका ग्राहकले छिटो–छरितो, सरल एवं सुविधायुक्त रुपमा आफ्नो खाताबाट ई-पेमेन्टमार्फत भुक्तानी गर्न सक्नेछन् । यो सुविधा उपयोग गर्न बैंकका ग्राहकले एकपटकका लागि आफ्नो खाता नम्बर एनसीएचएलको ई-पेमेन्टसम्बन्धी वेबसाइटमा दर्ता गराई यस बैंकको कुनै पनि शाखामा रुजु गराउनुपर्नेछ । फारम रुजु भएपछि १ लाख रुपैयाँसम्मको राजस्व कुनै पनि समयमा नेपाल सरकारको पेजमा लगइन गरी भुक्तानी गर्न सकिनेछ ।
कम्पनीका अनुसार यससम्बन्धी विस्तृत विवरण एनसीएचएलको वेबसाइटबाट समेत प्राप्त गर्न सकिनेछ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै डिजिटल भुक्तानी प्रणालीअन्तर्गत यस्ता सुविधालाई भविष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको छ । हाल बैंकले २१६ शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर र ८ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १६:५६ बजे

















