गृहपृष्ठ कामना सेवा विकास बैंकबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने

कामना सेवा विकास बैंकबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने

kamana-BOK-Capital-agreement-newskarobar

कामना सेवा विकास बैंकले निक्षेप सदस्यसम्बन्धी कार्य गर्न बैंक अफ काठमाडौं क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले यस बैंकका शाखा कार्यालयबाट डिम्याट खातासम्बन्धी सुविधा लिन सक्नेछन् ।

साथै, २०७६ साल असार ३१ गतेसम्म खाता खोल्ने ग्राहकले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्याकारी अधिकृत प्रवीण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटल मार्केटका प्रमुख कार्याकारी अधिकृत दिनेशप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु