गृहपृष्ठ यस्ताे छ अमेरिकि खतरनाक लडाकू विमान

यस्ताे छ अमेरिकि खतरनाक लडाकू विमान

fighter_plane सांकेतिक तस्बिर

बीबीसी- इजराइलले सिरियामाथि गरेको एक हमलामा अमेरिकाले बनाएको एक विशेष विमानको चर्चा भइरहेको छ । अमेरिकाको यो विशेष प्रकारको विमान पहिलो पटक इजराइले कुनै लडाईंका लागि प्रयोग गरेको हो ।

इजराइलको वायुसेना प्रमुखले लेबनान र बेरुतको आकाशमाथि उडेको तस्बिर देखाउँदै दुई भिन्न भिन्न स्थानमा हमलाका लागि पहिले नै यी विमानको प्रयोग गरिएको जानकारी दिए ।

इजराइलमा भेटेका २० देशका वायुसेना प्रमुखसँग इजराइली वायुसेनाका मेजर जनरल अमिकम नार्किनले भनेका थिए, ‘एफ–३५ विमान पूरा मध्यपूर्वमा उडान भरिरहेको छ र दुई अलग स्थानलाई यसले निशाना बनाएको छ ।’

यद्यपी, उनले हमलाको स्थानबारे स्पष्ट रुपमा भनेका छैनन् ।

एफ–१५ फाइटर प्लेनका विशेषता यस्ताः

– अमेरिकामा बनेको यो लडाकू विमान एफ–३५ पहिलो पटक इजराइलद्वारा कुनै युद्धमा प्रयोग गरिएको हो । यद्यपी, यो कुरा साँचो हो कि इजराइल आफ्नो सैन्य अभियानलाई गोप्य रुपमा सम्पन्न गर्छ र जनवरीमा पनि यसले यसै विमानको प्रयोग गरेको हुनसक्छ ।

– अमेरिकापछि इजराइल पहिलो देश हो जसले एक सिट भएको उक्त विमान खरिद गरेको छ । इजराइलले ५० वटा एफ–३५ को अर्डर थिएको थियो जसमध्ये ८ वटा विमान दिइएको छ ।

– इजराइलले यो विमानलाई ‘आदिर’ अर्थात् शक्तिशाली नाम दिएको छ । इजराइलले यसलाई ‘युद्धमा खेल बदल्नसक्ने क्षमता राख्ने’ बताउँछ ।

– यो लडाकू विमान रडारको पकडमा आउन सक्दैन ।

– रडारमा नदिखिने भएकाले यसले शत्रुको विमानलाई निकै चाँडो खसाल्न सक्छ । यसमा विशेष प्रकारको सेन्सर राखिएको छ जसका कारण डेटा निकै चाँडै सैन्य कमान्डरसम्म पुग्छ । साथै, यो विमानले रडारलाई ज्याम गर्ने क्षमता पनि राख्छ ।

– एफ–३५ विमानका तीन प्रकार  छन्ः एफ–३५ ए, जुन अन्य विमानजस्तै टेकअफ गर्दछ, दोस्रो एफ–३५ बी जुन सिधा हेलिकोप्टरजस्तै ल्याण्ड गर्छ अर्थात् भर्टिकल ल्यान्डिङको क्षमता राख्छ र तेस्रो एफ–३५सी जुन एयरक्राफ्ट क्यारियर अर्थात् युद्धपोतबाट उडान भर्न सक्छ ।

एफ–१५ लाई दुनियाँको सबैभन्दा महँगो लडाकू विमान भनिएको छ । यसको मूल्य र मार क्षमताका विषयमा निकै आलोचना भएको छ । सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसको मूल्यको विषयमा आलोचना गरेका थिए । एफ–३५ को एउटा विमानको मूल्य १० करोड डलरभन्दा बढी पर्छ ।

जेरुशेलममा बीबीसी संवाददाता टोम ब्याटम्यानका अनुसार इजराइलले अमेरिकाले भन्दा अघि नै एफ–३५ को प्रयोग गरेको दाबी गर्छ । यसको उद्देश्य सैन्य ताकत प्रदर्शन गर्नु पनि हुनसक्छ । एजेन्सी

प्रकाशित समय १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु