गृहपृष्ठ दाङको लमहीमा प्रभु बैंकको नयाँ शाखा स्थापना

दाङको लमहीमा प्रभु बैंकको नयाँ शाखा स्थापना

prabhu-bank-newskarobar

प्रभु बैंकले दाङको लमहीमा शाखा स्थापना गरेको छ । नयाँ शाखाको सोमबार लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले बैंकको शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रादेशिक प्रमुख सुनिल राणा, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे, बैंकका प्रदेश ५ प्रमुख सुवास कुँवरलगयतको उपस्थिति थियो । कार्यक्रमका वक्ताले कृषि र उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन जोड दिएका छन् ।

देशभर १८१ वटा शाखा रहेको बैंकका ग्राहक १० लाखभन्दा बढी छन् । दाङको लमहीमा १६ वटा भन्दा बढी विकास तथा वाणिज्य बैंक पुगेका छन् ।

प्रकाशित समय १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु