गृहपृष्ठ हिमालयन मार्टको तेस्रो संस्करण काठमाडौँमा हुने

हिमालयन मार्टको तेस्रो संस्करण काठमाडौँमा हुने

हिमालयन मार्टको तेस्रो संस्करण काठमाडौँमा हुने भएको छ ।

प्यासिफिक ट्राभल एसोसिएसन नेपाल ‘पाटा’ले नेपाललाई हिमालय प्रवेशको द्वार, साहसिक पर्यटनको केन्द्र र सबल पर्यटनमैत्री गन्तब्यको रुपमा स्थापित गर्ने उदेश्यसहित ट्राभल मार्ट गर्न लागेको हो ।

पाटाले पर्यटन प्रवर्द्धन गर्ने मुख्य उदेश्यका साथ पर्यटनसँग सम्बन्धित संघ संस्था र सरकारी निकायको सहकार्यमा जुन ६ देखि ९ सम्म सोल्टी क्राउन प्लाजामा कार्यक्रम आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

पाटाका अध्यक्ष सुनिल शाक्यले प्रचुर सम्भावना रहँदा रहँदै पनि नेपालले पर्याप्त पर्यटक भित्र्याउन नसकेको बताए । पर्यटन प्रवर्द्धनमै टेवा पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको उनको भनाइ छ ।

‘द स्पिरिट अफ हिमालय’ नाम दिइएको मार्टमा ४१ देशका ७ सय प्रतिनिधी सहभागी हुने जनाइएको छ ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु