गृहपृष्ठ दोलखा र रामेछापमा सिद्धार्थ बैंकका शाखा
दोलखा र रामेछापमा सिद्धार्थ बैंकका शाखा
सिद्धार्थ बैंकले दोलखाको चरिकोट र रामेछापको गोकुलगंगामा शाखा स्थापना गरेको छ । बैंकले बुधबार चरिकोटमा शाखा र एक शाखारहित बैंकिङ सेवा तथा बिहीबार गोकुलगंगा शाखा स्थापना गरेको हो ।
चरिकोट शाखाको उद्घाटन भीमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसी, शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका प्रवर्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले गरेका छन् ।
प्रकाशित समय १९:४६ बजे

















