गृहपृष्ठ सेयर बजार ८ अंकले घट्यो
सेयर बजार ८ अंकले घट्यो
सेयरबजार परिसूचक नेप्से सोमबार ८ अंकले घटेको छ । विकास बैंक, उत्पादनमूलक र म्युचुअल फन्डबाहेकका सबै समूह घटेपछि समग्र बजार परिसूचक ८.७८ अंकले घटेर १२७५.८१ अंकमा झरेको छ । यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झिनो अंकले ओरालो लागेको छ ।
सोमबार १७३ कम्पनीको २० लाख ७२ हजार ३०४ कित्ता सेयर ८ हजार ३ सय ३३ पटक किनबेच हुँदा ६१ करोड ३४ लाख ७ हजार ३३४ रुपैयाँको कारोबार भएको छ । विकास बैंक, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको सेयर बजार परिसूचक भने बढेको छ ।
सोमबार वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ७.६१ प्रतिशत सम्पत्ति बढाएका छन् । कारोबारका आधारमा भने एनआईसी एसिया बैंक अगाडि छ ।
प्रकाशित समय १८:३० बजे

















