गृहपृष्ठ एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता
एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट बैंकका ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्नेछन् ।
सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनीका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे । एनसीसी बैंकले आफ्ना १२० वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकका देशभर ८१ वटा एटीएम सञ्चालनमा छन् ।
प्रकाशित समय १६:०८ बजे

















