गृहपृष्ठ संघीयताका लागि विश्व बैंकको फेरि ११ अर्ब
संघीयताका लागि विश्व बैंकको फेरि ११ अर्ब
विश्व बैंकले वित्तीय संघीयताको कार्यान्यन गर्न नेपाललाई थप ११ अर्ब १० करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) सहयोगको घोषणा गरेको छ । बैंकले दोस्रो बजेटरी तथा सार्वजनिक वित्त व्यवस्थापन विकास नीति ऋण (डीपीसी टू) अन्तर्गत यो सहयोगको घोषणा गरेको हो ।
अर्थमन्त्रालयमार्फत दिइने यो सहयोग नेपाल सरकारलाई वित्तीय संघीयतातर्फ अघि बढ्न तथा सार्वजनिक वित्त व्यवस्थापनमा नीतिगत संरचना सुधारका लागि दिइएको बैंकले जनाएको छ ।
यसले सन् २०१८ को मार्चदेखि सहयोग प्रवाह गरिएको पहिलो विकास सहयोग ऋणअन्तर्गतको सुधारलाई सहयोग गर्ने बैंकको भनाइ छ ।
डीपीसी श्रृङ्खलाले दुई स्तम्भमा नेपालको संघीयतालाई सबल तुल्याउन सुधार प्रक्रियालाई सहयोग पु-याउने बैंकको दाबी छ । बैंकका अनुसार पहिलो स्तम्भरले विभिन्न कानुन, नीति र नियम बनाइ वित्तीय संघीयता स्थापित गर्न सहयोग गर्ने छ । संघ तहमा लागू गरिएकोे छाता कानुनले बजेट कार्यानवयलाई निर्देशित गर्ने तथा लेखा तथा वित्तीय रिर्पोर्टिङ संरचनालाई सुधार गर्ने छ भने स्थानीय तहको बजेटरी प्रक्रियालाई सुशासित गर्ने गरी तिनका लागि नमुना कानुनको आधार बनाउन सहयोग पु-याउने छ ।
दोस्रो स्तम्भमा प्रदेश सरकारहरूको सार्वजनिक वित्त व्यवस्थापनमा नीतिगत संरचना सबल तुल्याउन सहयोग पु-याउने बैंकले जनाएको छ । यसले कानुनी तथा नियमहरूबाट बजेट चक्रको नियमन गर्ने, नागरिकहरूका लागि पारदर्शिता र जवाफदेहितालाई बढावा दिने, मध्यमकालीन खर्च संरचनाको तयारीलाई मार्गदर्शन प्रदान गर्ने, खर्च नियन्त्रणलाई सबलीकरण गर्ने र राजस्व संकलन प्रणालीको विकासका लागि सहयोग गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यी सुधारहरूका लैंगिक उत्तरदायी बजेट प्रणालीका साथसाथै नेपालको वातावरणीय जोखिमहरूको संवदनशीलतालाई सम्बोधन र विपद् जोखिम व्यवस्थापनमा सुधारका उपाय पनि सामेल छन् ।
प्रकाशित समय २०:१२ बजे

















