गृहपृष्ठ नेपालीको बचत वार्षिक ३६ हजार ६ सय

नेपालीको बचत वार्षिक ३६ हजार ६ सय

bank-newskarobar

नेपालीहरूको औसत बचत वार्षिक ३६ हजार ६ सय ४० रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सबै प्रकारका बैंक–वित्तीय संस्थाहरूद्वारा प्रवाह गरिएको सेवा देशका ८९ प्रतिशत जनसंख्यामा पुगेसँगै बचत दर पनि बढेको हो । एक जना नेपालीले औसतमा मासिक रूपमा औसत ३ हजार ५३ रुपैयाँ जम्मा गर्ने गरेको राष्ट्र बैंकको विवरणले देखाएको छ ।
राष्ट्र बैंकको विवरणअनुसार महानगरपालिका क्षेत्रमा बचत वार्षिक ६२ हजार २ सय १५ रुपैयाँ छ भने गाउँपालिकाहरूमा केबल २५ हजार ७ सय रुपैयाँमात्रै छ । महानगर क्षेत्रमा आय बढी हुने र बचत गर्ने प्रवृत्ति सबैभन्दा धेरै हुने भएकाले यस्तो क्षेत्रको वार्षिक बचत रकम पनि बढेको हो ।
यसैगरी उपमहानगरपालिकाहरूमा बचत रकम वार्षिक ३८ हजार ७७० रुपैयाँ छ भने नगरपालिकाहरूमा ३३ हजार २ सय ७० रुपैयाँ छ ।
देशभरिका बैंक तथा वित्तीय संस्थामा खुलेका बचत खाताको संख्या २ करोड ३० लाख ५७ हजार पुगेको छ भने तिनमा जम्मा भएको रकम १० अर्ब १२ करोड ६० लाख रुपैयाँ पुगेको छ । यद्यपि, बैंकका खुलेका खाताहरूमध्ये ५२ प्रतिशतमाक्रै सत्रिय वा चालू अवस्थामा छन् । यीमध्ये महानगर र उपमहानगरका ५३ प्रतिशतमाक्रै बचत खाता सत्रिय अवस्थामा छन् भने नगरपालिकाका ६२ र गाउँपालिकाहरूका ७७ प्रतिशत खाता सक्रिय छन् ।

प्रकाशित समय १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु