गृहपृष्ठ योग दिवसमा सम्मान
योग दिवसमा सम्मान
नेपाल-भारत मैत्री युवा संघ मोरङले पाँचौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा समाजका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा संघले पत्रकार, अभियानकर्मी र योग प्रशिक्षकलाई सम्मान गरेको हो ।
स्थानीय मदर टेरेसा स्कुल परिसरमा आयोजित कार्यक्रममा नेपाल र भारतका समेत गरी ३ जना पत्रकारलाई सम्मान गरिएको छ । सो क्रममा मकालु टेलिभिजनका वरिष्ठ संवाददाता नवीन कर्ण ,न्यु सृष्टि दैनिकका प्रशासक÷सम्पादक शंकर खरेल र हिन्दुस्तान टाइम्सका जोगबनी संवाददाता बरुण मिश्रालाई सम्मान गरिएको छ ।
उनीहरुलाई नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्ष महेन्द्रराय यादवले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । यस्तै, नेपाल भारत संस्कृति मञ्चका राजेश शर्मा, कोशी विद्यामन्दिरका राजेश दास, मदर टेरेसा स्कुलका अजयकुमार यादव र कौमी एकता समाजका इर्साद अन्सारीलाई समेत सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष मोहम्मद नसरुलले जानकारी दिए । सो क्रममा योग प्रशिक्षक सरोज नेपाल र अनिता पोखरेललाई समेत सम्मान गरिएको थियो ।
प्रकाशित समय १६:५१ बजे
















