गृहपृष्ठ सांसदको आक्रोस, के गर्दै छ कर्णाली सरकार ?
सांसदको आक्रोस, के गर्दै छ कर्णाली सरकार ?
सुर्खेत- कर्णाली प्रदेश सरकारको आईतबार बसेको संसद बैठकमा सरकारप्रती आक्रोस पोख्दै सांसद पदमबहादुर रोकायले भने, ‘के गर्दै छ कर्णाली सरकार ? हामीले जनतालाई थुप्रै आश्वासन दिएर चुनाब जितेर आएका हौ । अब जनतालाई के जवाफ दिने ? उनले प्रश्न गरे । बजेटको कार्यान्वयन भएको खोई ? जनताले हामीलाई विकास चाहियो भन्छन् हामी के जवाफ दिंउ ?’ उनले प्रश्न उठाए ।
आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको कर्णाली सरकारलाई उनले पहिलो तिन महिने बजेट जस्तो विभेदकारी बजेट नल्याउन आग्रह गरे । बैठकमा बोल्दै सांसद रातो कामीले आपतकालीन अवस्थाका लागी पनि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै सांसद दिनबन्धु श्रेष्ठले रारा पर्यटन वर्ष उद्घाटनमा मात्रै सिमीत भएको भन्दै रारासम्मको पुर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।
बैठकमा बोल्दै सांसद पद्मा खड्काले सदनमा बोलेको कुरा सुनुवाई नहुंनु लाजमर्दो भएको भन्दै पटक पटक बाढि पिडितको लागी संसदमा बोल्दापनी कर्णाली सरकारले नसुनेको बताईन् । उनले तत्काल बाढिपिडितको समस्यालाई समाधान गर्न सरकार लाग्नुपर्ने बताईन् । सांसद यज्ञबहादुर विसी, सांसद अम्मरबहादुर थापा र सांसद दानसिंह परियार, र विन्दमान विष्टले महत्वपुर्ण विषयमा सरकारले ध्यान दिन आग्रह गरेका थिए ।
कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले आगामी बजेटको निति, प्राथमिकता र सिद्धान्त बैठकमा पेश गरे । मन्त्री ज्वालाले बैठकमा पेश गरेको विधेयकमाथि छलफलको लागी जेठ १४ र १५ गते समय तोकीएको छ ।
त्यस्तै बैठकमा दुईवटा विधेयक समेत पेश गरिएको थियो । आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीले मुख्य न्याधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धि बनेको विधेयक २०७५, र सार्वजनीक लिखत प्रमाणीकरण सम्बन्धी विधेयक बैठकमा पेश गरेका थिए ।
प्रकाशित समय ०९:४५ बजे
















