गृहपृष्ठ स्थापना दिवसमा विराट व्यापार संघद्वारा रक्तदान र स्वास्थ्य परीक्षण

स्थापना दिवसमा विराट व्यापार संघद्वारा रक्तदान र स्वास्थ्य परीक्षण

birat byapar sang newskarobar

उद्योगी व्यवसायीको संस्था विराट व्यापार संघले १९औँ स्थापना दिवसका अवसरमा बृहत खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । प्रत्येक वर्ष दिवसका अवसरमा नियमित सामाजिक काम गर्दै आएको संघले विराटनगरमा यस वर्ष पनि बृहत खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको हो ।

बृहत खुला रक्तदानमा ७२ पिन्ट रगत संकलन भएको छ । त्यस्तै १०५ जनाले मधुमेह र उच्च रक्तचापको परीक्षण गराएका छन् । रक्तदान कार्यक्रममा संघमा आबद्ध उद्योगी, व्यवसायी, युवा, विद्यार्थी, समाजिक अभियान्ता, समाजसेवीलगायत सडकमा हिँड्ने यात्रुले समेत स्वेच्छाले रक्तदान गरेको अध्यक्ष सुजन थापाले जानकारी दिए । उनले भने, ‘यो खुला रक्तदान र स्वास्थ्य परीक्षण गरिएको हो । धेरै उत्सुक भएर सडकमा हिँड्दै गरेका दाजुभाइ दिदी–बहिनीले पनि रक्तदान गर्नुभएको छ ।’

अध्यक्ष थापाले संघ उद्योगी व्यापारीको हकहितका लागि स्थापित संस्था भए पनि थुप्रै सामाजिक कार्य नियमित गर्दैै आएको जानकारी दिए । ‘हामी व्यापारीले सधैं नाफा कमाउनेमा मात्र ध्यान दिनु हुँदैन, समाजप्रतिको दायित्व झन् ठूलो छ,’ उनले भने ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु