गृहपृष्ठ मर्जरका लागि १५ दिनभित्र प्रतिबद्धता पेस गर्न राष्ट्र बैंकको निर्देशन

मर्जरका लागि १५ दिनभित्र प्रतिबद्धता पेस गर्न राष्ट्र बैंकको निर्देशन

governor-nepal-newskarobar फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले मर्जरको प्रतिबद्धता पेस गर्न सबै वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बिहीबार छलफलका लागि बोलाएर २८ वटै बैंकका अध्यक्ष र सीईओहरुलाई १५ दिनभित्र मर्जरको प्रतिबद्धता पेस गर्न निर्देशन दिएका हुन् ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल गर्न भन्दै सबै वाणिज्य बैंकका अध्यक्ष र सीईओलाई बोलाएको थियो । छलफलमा गभर्नर नेपालले असार २७ गते मौद्रिक नीति आउने जानकारी गराउँदै १५ दिनभित्रै मर्जरबारे स्पष्ट प्रतिबद्धता मागेका हुन् ।

‘मैले विगतदेखि नै भन्दै आएको छु, मर्जरका लागि तयार हुनुहोस्,’ गभर्नर नेपालको भनाइलाई उदृत गर्दै राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने । सञ्चालन खर्च बढ्दै जाँदा दुई–तीन वर्षभित्र बैंकहरू ठूलै समस्यामा पर्न सक्ने भएकाले बैंकहरूले अब मर्जरका लागि ढिलाइ गर्न हुने प्रवक्ता निरौलाले बताए ।

यो पनि पढ्नुहोस्

बिग मर्जर : सय कौरवभन्दा पाँच पाण्डव नै ठिक

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु