गृहपृष्ठ प्रभु बैंकलाई पाँच देशमा सम्पर्क कार्यालय खोल्न सहमति

प्रभु बैंकलाई पाँच देशमा सम्पर्क कार्यालय खोल्न सहमति

prabhubank-newskarobar

प्रभु बैंकले पाँचवटा देशमा सम्पर्क/ प्रतिनिधि कार्यालय खोल्ने सैद्धान्तिक सहमति पाएको छ । प्रभु बैंकले अस्ट्रेलियाको सिड्नी, भारतको दिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहा र बेलायतको एल्डरसट सहरमा सम्पर्क/ प्रतिनिधि कार्यालय खोल्न पाउने गरी नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको हो ।

प्रचलित कानुन तथा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधीनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट सम्पर्क/ प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क/ प्रतिनिधि कार्यालयबाट सेवा प्रारम्भ गर्ने जनाएको छ ।

प्रकाशित समय २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु