गृहपृष्ठ ग्लोबल आइएमई बैंकले आइएफसीसँग २ अर्ब ऋण लिने
ग्लोबल आइएमई बैंकले आइएफसीसँग २ अर्ब ऋण लिने
ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) बाट करिब दुई अर्ब २० करोड ऋण लिने भएको छ । ऋण लिनेसम्बन्धी सम्झौतामा बैँकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेसनल फाइनान्स कर्पोरेसनका आवासीय प्रतिनिधि एवं नेपाल प्रमुख एम रेहन रसिदले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात ग्लोबल आइएमई बैंकले आइएफसीबाट करिब दुई करोड अमेरिकी डलर ऋण लिई विभिन्न क्षेत्रमा लगानी गर्नेछ । यो सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य पुँजीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ । आइएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषिक्षेत्रमा ऋण लगानी गर्ने योजना रहेको बैंकले जनाएको छ ।
प्रकाशित समय २०:४४ बजे

















