गृहपृष्ठ सरकारमा जान फोरम सहमत, संविधान संशोधनमा सरकार तयार

सरकारमा जान फोरम सहमत, संविधान संशोधनमा सरकार तयार

काठमाडौं- मधेस अान्दोलनका मुद्दालार्इ अावश्यकता र सहमतिका अाधारमा सम्बोधन गर्न सरकार सहमत भएपछि संघीय समाजवादी फोरम नेपाल सरकारमा जान सहमत भएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको निरन्तरको छलफलपछि उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा जान सहमत भएको हो । मधेस आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने सहमतिपत्रमा उल्लेख छ । सरकारले गर्न सक्ने कामहरू नीति तथा कार्यक्रममा समेत समावेश गर्ने सहमति दुर्इ पार्टीबीच भएको छ ।

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु