गृहपृष्ठ मुक्तिनाथ विकास बैंकका एकसाथ दुई शाखा स्थापना
मुक्तिनाथ विकास बैंकका एकसाथ दुई शाखा स्थापना
सूर्यविनायक शाखा उद्घाटन गर्दै सांसद बस्नेत ।
मुक्तिनाथ विकास बैंकले एकसाथ दुई शाखा स्थापना गरेको छ । बैंकले सोमबार भक्तपुरको सूर्यविनायक र काठमाडौंको गोठाटारमा शाखा सञ्चालनमा ल्याएको हो ।
सूर्यविनायक शाखाको पूर्वउद्योगमन्त्री एवं सांसद महेश बस्नेतले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै बस्नेतले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नुपर्ने बताए ।
गोठाटार शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले गरेका छन् । कार्यक्रममा थापाले मुक्तिनाथ विकास बैंकको सेवा उत्कृष्ट रहेको भन्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु-याउन आग्रह गरे ।

कार्यक्रममा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, ब्रान्ड एम्बेसडर सीताराम कट्टेल ‘धुर्मुस’, संस्थापक सेयरधनी, स्थानीय समाजसेवीलगायतको उपस्थिति थियो ।
मुक्तिनाथ विकास बैंकले ११९ शाखा र २५ एटिएम करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकले निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ सुविधाका साथै देशभर भिसा नेटवर्कअन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आबद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।
प्रकाशित समय १८:२० बजे

















