गृहपृष्ठ पल्सर स्पोर्टस् अवार्ड आज

पल्सर स्पोर्टस् अवार्ड आज

pulsar-sports-award-newskarobar

पल्सर स्पोर्टस् अवार्ड आज हुँदै छ । वर्षभरि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनामा नेपाललाई पदक दिलाएका खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्न लागिएको हो । कमलादीस्थित राष्ट्रिय प्रज्ञा भवनमा दिउँसो २ बजेर ३० मिनेटमा अवार्ड कार्यक्रम सुरु हुनेछ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला तथा युवा, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइज, लाइफटाइम एचिभमेन्ट, पारा एथ्लिट, स्पेसल र टिम अफ दी इयर गरी आठ विधामा अवार्ड वितरण हुनेछ । पल्सर स्पोर्टस् अवार्ड नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको हो ।

वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ । यसपटक उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस र प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित समय ०६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु