गृहपृष्ठ हुम्लाको सिमकोटमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा

हुम्लाको सिमकोटमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा

Sangrila-Bank-newskarobar

सांग्रिला डेभलपमेन्ट बैंकले हुम्लाको सिमकोट गाउँपालिकामा पर्ने कालिचोकमा नयाँ शाखा खोलेको छ । बैंकको ८६औं शाखाको सञ्चालक समिति अध्यक्ष अच्युतप्रसाद प्रसाई र सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना, उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङ, सिमकोट गाउँपालिका–६ का अध्यक्ष जयचन्द्र रोकाया, गाउँपालिका अध्यक्ष लामालगायतले बैंक सञ्चालन भएकोमा खुसी व्यक्त गरेका छन् ।

बैंकका अध्यक्ष प्रसाईंले बैंकले हुम्लामा यसअघि पनि कर्जा लगानी गरिसकेको र संकलन भएको सम्पूर्ण निक्षेप यही क्षेत्रमा लगानी गरिने जानकारी गराए । बचत गर्ने बानी बसाल्न जरुरी रहेको भन्दै उनले त्यसका लागि बैंकले घरदैलो एवं नेपाल सरकारको खोलौं खाता अभियानलाई पनि जारी राख्ने बताए ।

काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको बैंकले थप ५ वटा शाखा स्थापनाको तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु