गृहपृष्ठ नेपाल बंगलादेश बैंकको २ अर्बको ऋणपत्र बाँडफाँड

नेपाल बंगलादेश बैंकको २ अर्बको ऋणपत्र बाँडफाँड

Nepal-Bangladesh-Bank-newskarobar

नेपाल बंगलादेश बैंकको ऋणपत्र बिहीबार बाँडफाँड भएको छ । बैंकको केन्द्रीय कार्यालयमा बिहीबार एक कार्यक्रमका बीच ऋणपत्र बाँडफाँड गरिएको हो ।

सर्वसाधारण समूहबाट ११ करोड ४७ लाख ७८ हजार रुपैयाँ र व्यक्तिगत तबरबाट १ अर्ब ८८ करोड ५२ लाख २२ हजार रुपैयाँ गरी २ अर्बको ऋणपत्र बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट लिमिटेडले जनाएको छ ।

बैंकको १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५ को १ हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्र जेठ १० गतेदेखि असार ८ गतेसम्म सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरिद आह्वान गरिएको थियो । त्यसमध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कुल १ अर्ब २० करोड ऋण पुँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थालाई व्यक्तिगत तवरबाट तथा ८ लाख कित्ता डिबेन्चरले हुन आउने ८० करोड ऋण पुँजी सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

सर्वसाधारण समूहलाई ८ लाख कित्ता ऋणपत्र खरिद आह्वान गरिएकोमा ८३४ आवेदकबाट १ लाख २६ हजार ९२८ कित्ताका लागि आवेदन परेको थियो । त्यसमध्ये १३९ जनाबाट आएको १२ हजार १५० कित्ताको आवेदन रद्द भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु