गृहपृष्ठ लुम्बिनी बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता
लुम्बिनी बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता
लुम्बिनी विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका निर्देशक ध्रुव अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार लुम्बिनी विकास बैंकका ग्राहकले मोबाइल बैंकिङ सेवा प्रयोग गरी पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् । बैंकका ६५ वटै शाखामा उपलब्ध डिपोजिट भौचरमार्फत पनि सो सेवा लिन सकिनेछ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले खल्तीसँगको सम्झौतापछि प्रविधिको माध्यमबाट ग्राहकले मोबाइलबाटै धेरै किसिमका वित्तीय सेवा प्राप्त गर्न सक्ने बताए । त्यस्तै, खल्तीका निर्देशक अधिकारीले अब बैंकका ग्राहकले सामान्य कामका लागि बैंकबाट नगद झिकिराख्ने झन्झट नरहने जानकारी गराए ।
प्रकाशित समय २२:०७ बजे

















