गृहपृष्ठ पाटा नेपालको स्मार्ट प्राक्टिसेस फर म्यानेजिङ होटल तालिम
पाटा नेपालको स्मार्ट प्राक्टिसेस फर म्यानेजिङ होटल तालिम
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले लुम्बिनीस्थित बुद्धमाया गार्डेन होटलमा ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङ होटल’ विषयक एक हप्ते मानव संशाधन तथा जनशक्ति विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । पाटा नेपाल च्याप्टरद्वारा स्थापित ‘पाटा स्कुल अफ हस्पिटालिटी’ ले नेपाल पर्यटन बोर्ड, रेसिडेन्सी होटल एकेडेमी र बुद्धमाया गार्डेनको सहकार्य तथा सहयोगमा तालिम आयोजना गरेको हो । तालिममा लुम्बिनी क्षेत्रमा रहेका १७ वटा विभिन्न होटल तथा रेस्टुरेन्टबाट ३४ जना होटल व्यवसायी तथा कर्मचारीको सहभागिता रह्यो ।
पाटा स्कुल अफ अस्पिटालिटी पाटा नेटवर्कमा आबद्ध पर्यटन सम्बद्ध शैक्षिक संस्थाहरु, उद्योगी व्यवसायीहरु वा पर्यटन विज्ञहरु, तथा युवा पर्यटन प्रोफेसनलमार्फत नेपाली पर्यटन क्षेत्रको मानव संशाधन विकास तथा जनशक्तिको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने एक व्यावहारिक तथा व्यावसायिक तालिम कार्यक्रम हो ।
पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य एवं पाटा स्कुल अफ अस्पिटालिटीका संयोजक खेम लकाईले तालिम समापन कार्यक्रममा कुनै पनि संस्था र राज्यको विकासमा जनशक्तिको महत्वपूर्ण र सर्वोच्च योगदान रहने बताए ।
प्रकाशित समय ०७:०५ बजे

















