गृहपृष्ठ घरेलु फोहोरबाट बायोग्याँस उत्पादन
घरेलु फोहोरबाट बायोग्याँस उत्पादन
घरकै कुहिने फोहोरको व्यवस्थापन गरी आफैंले जैविक ग्याँस उत्पादन गरी प्रयोग गर्न सकिने आधुनिक प्रविधिको ‘होम बायोग्याँस’ भित्रिएको छ । दुई युवा उद्यमी राम अग्रवाल र विपीन खेतानले खाना पकाउने इन्धन र अटोमोबाइलमा नवीकरणीय ऊर्जामा नयाँ सम्भावनाको खोजीका क्रममा यो प्रविधि नेपाल भित्र्याएका हुन् ।
क्लिन इनर्जी नेपालमार्फत उनीहरूले खाना पकाउने गैर नवीकरणीय ऊर्जाको विकल्पको रुपमा उनीहरुले होम बायोग्याँसको प्रवद्र्धन गरिरहेको बताइएको छ । होम बायोग्याँस, बायोग्याँसकै एक उन्नत प्रविधि भएको क्लिन इनर्जी नेपालले जनाएको छ । यसको प्रविधि, बनोट, प्रयोगमैत्री र प्रभावकारिताका हिसाबले नेपालमा गोबरग्याँसको रुपमा परिचित बायोग्याँसभन्दा फरक छ । होम बायोग्याँसबाट निर्माण हुने ऊर्जाको उपयोग गर्न विद्युतमा जस्तो ग्रिड प्रणाली नचाहिने क्लिन इनर्जी नेपालले उल्लेख गरेको छ ।
लागतको हिसाबले यो गोबरग्याँस प्रविधिभन्दा निकै सस्तो रहेको कम्पनीको दाबी छ । बढीमा ६० हजार रुपैयाँमा यो प्रविधि स्थापना गर्न सकिन्छ । होम बायोग्याँसले गोबर ग्याँसले जस्तो ठाउँ नओगट्ने कम्पनीले जनाएको छ ।
एउटा सोफाले लिन ठाउँमा अट्ने होम बायोग्याँस घरभित्रै अटाउने, निर्माण गर्न मिस्त्री, इन्जिनियर कोही पनि नचाहिने भएकाले सहज हुने कम्पनीको दाबी छ ।
प्रकाशित समय १७:१६ बजे

















