गृहपृष्ठ त्रिभुवन विमानस्थल साढे ८ घण्टापछि सञ्चालन
त्रिभुवन विमानस्थल साढे ८ घण्टापछि सञ्चालन
त्रिभुवन विमानस्थलबाट यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज पन्छाउन ८ घण्टा लागेको छ । बिहान ११ बजे धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको जहाज बेलुका साढे ७ बजे पन्छाइएको हो ।
भारी वर्षाका कारण जहाज भएको ठाउँ हिलो र दलदले भएकाले पन्छाउन ढिलाइ भएको विमानस्थल प्रशासनले जनाएको छ । बिहान नेपालगन्जबाट काठमाडौं उडेको यती एयरलाइन्सको ९ एन-एएमएम कलसाइनको जहाज अवतरणका क्रममा त्रिभुवन विमानस्थलको रन वेबाट चिप्लिएको थियो । घटनामा दुई यात्रु घाइते भएका छन् । विमानमा यात्रा गरिरहेका ६६ यात्रु तथा ३ जना फ्लाइट क्रु सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ ।
प्रकाशित समय २२:१४ बजे

















