गृहपृष्ठ सनराइज बैंकको सीईओमा जनकराज शर्मा

सनराइज बैंकको सीईओमा जनकराज शर्मा

janakraj-poudyal-newskarobar

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पौड्याल नियुक्त गरेको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले पौड्याललाई सीईओमा सर्वसम्मत नियुक्त गर्ने निर्णय गरेको हो । पौड्याल चार वर्षका लागि नियुक्त भएका छन् ।

बैंकिङ क्षेत्रमा तीन दशक बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरू गरेका हुन् । सन् १९९७ मा इन्ट्री लेभलबाट नबिल बैंकमा प्रवेश गरेका उनी त्यहाँ ११ वर्ष सेवारत रहे । त्यसपछि उनी एनआईसी (हालको एनआईसी एसिया) बैंकमा गए । एनआईसीपछि उनले लक्ष्मी बैंकमा एक वर्ष बिताए । उनले माघ पहिलो साता मात्र ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित समय २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु