गृहपृष्ठ माछापुच्छ्रे बैंकको ३० लाख इकाई ऋणपत्र साउन ६ गतेदेखि

माछापुच्छ्रे बैंकको ३० लाख इकाई ऋणपत्र साउन ६ गतेदेखि

machhapuchere-newskarobar

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँबराबरको ३० लाख इकाई ऋणपत्र साउन ६ गतेदेखि बिक्री गर्ने भएको छ । जसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ-संस्थालाई बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधिको १०.२५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८५ नामको ऋणपत्र जारी गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने एल ए माइनस रेटिङ दिएको छ । यो ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ ।

ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई तोकिएको छ । लगानीकर्ताले साउन ९ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् ।

माछापुच्छ्रेको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ ।

प्रकाशित समय २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु