गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मीबीच बीमा सेवा सम्झौता
सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मीबीच बीमा सेवा सम्झौता
सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहकले ८६ वटै शाखा कार्यालयबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् ।
प्रकाशित समय २१:२० बजे

















