गृहपृष्ठ ललितपुरको खुमलटारमा जनता बैंकको शाखा स्थापना

ललितपुरको खुमलटारमा जनता बैंकको शाखा स्थापना

Janata-Bank-newskarobar

जनता बैंक नेपालले ललितपुरको खुमलटारमा शाखा कार्यालय स्थापना गरेको छ । नयाँ शाखाको बैंकका सञ्चालक समिति अध्यक्ष केशबबहादुर रायमाझीले सोमबार उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका अन्य सञ्चालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको पनि उपस्थिति थियो ।

यससँगै जनता बैंकको शाखा सञ्जाल १४२ पुगेको छ । १४२ शाखासँगै बैंकले १०८ एटिएम, ५० शाखारहित बैंकिङ, १ सीमित बैंकिङ ईकाइ र ३ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु