गृहपृष्ठ सरकारलाई ऋण दिन पनि पत्याएनन्
सरकारलाई ऋण दिन पनि पत्याएनन्
लक्ष्यको आधा पनि आन्तरिक ऋण उठेन
गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व उठाउन नसकेको सरकारले आन्तरिक ऋण पनि लक्ष्यको आधामात्र उठाउन सकेको छ । गत आर्थिक वर्ष २०७५/७६ मा सरकारले १ खर्ब २७ अर्ब रुपैयाँ आन्तरिक उठाउने लक्ष्य राखेकोमा केबल ६२ अर्ब रुपैयाँमात्र उठाउन सकेको छ ।
सरकारले आवश्यकता नपरेको भनेर तेस्रो त्रैमासिक अर्थात् चैत मसान्तसम्म आन्तरिक ऋण नै उठाउन, तर जब आवश्यकता परेर उठाउने कार्यतालिका सार्वजनिक ग-यो, बैंक–वित्तीय संस्थालगायत संस्थागत लगानीकर्ताहरूले किन्दै किनिदिएनन् । यसले सरकारप्रति लगानीकर्ताहरूको विश्वास नै नभएको देखाउँछ ।
नेपाल राष्ट्र बैंकले वैशाखमा सुरुमा ८६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनेर कार्यतालिका सार्वजनिक गरि ट्रेजरी बिल र विकास ऋणपत्र जारी गरेपनि ५४ अर्ब रुपैयाँका लागि मात्र माग भयो ।
अर्थमन्त्रालयको असार २४ गतेको आदेशअनुसार राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने कार्यसूची संशोधन गरे १ खर्ब २९ अर्बकै ऋणपत्र जारी गरियो, तर असार मसान्तसम्म यो ऋणपत्र खरिद नभएको राष्ट्र बैंकको विवरणले देखाएको छ ।
राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म कुल ९६ अर्ब ३८ करोड रुपैयाँ आन्तरिक ऋण उठाइएकोमा ३४ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरिएपछि खुद ६२ अर्ब ६ करोड ८९ लाख रुपैयाँमात्र आन्तरिक परिचालन भएको छ ।
खरिद नभएको बाँकी ६६ अर्ब ९४ करोड रुपैयाँबराबरको रकमलाई सरकारले ‘ओभरड्राफ्ट’ का रुपमा प्रयोग गर्नसक्छ, जुन चालू आर्थिक वर्षका लागि आन्तरिक ऋणमा समायोजन गरिनेछ ।
प्रकाशित समय १३:४० बजे

















