गृहपृष्ठ लोकसेवाको विज्ञापनविरुद्ध जनजाति महासंघ
लोकसेवाको विज्ञापनविरुद्ध जनजाति महासंघ
लोकसेवाको विज्ञापनविरुद्ध नेपाल आदिवासी जनजाति महासंघले सुर्खेतमा पनि जिल्ला प्रशासन कार्यालय र लोकसेवा कार्यालय घेराउ गरेका छन् । आन्दोलनको घोषित कार्यक्रमअनुसार प्रशासन र लोकसेवा कार्यालयमा बुधबार ज्ञापनपत्र बुझाइएको महासंघ सुर्खेतका सचिव अशोक राजीले जानकारी दिए ।
–यालीसहित गएको टोलीले केहीबेर जिल्ला प्रशासन कार्यालय र लोकसेवा आयोगको कार्यालय घेराउ गरेको उनले बताए । अपांग, जनजाति, दलितलगायतका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने भन्दै आफूहरुले पनि आन्दोलनमा प्रतिबद्धता जनाएको राजीले बताए ।
प्रकाशित समय २०:३५ बजे
















