गृहपृष्ठ आइएमई मोटर्स र कामना सेवा विकास बैंकबीच सम्झौता
आइएमई मोटर्स र कामना सेवा विकास बैंकबीच सम्झौता
कामना सेवा विकास बैंक र आइएमई मोटर्स प्रालिबीच व्यापार सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई मोटर्समार्फत सिफारिस भई आएका ग्राहकले बैंकको सबै शाखा कार्यालयबाट सहज र छरितो रुपमा अशोक लैलेन्डका विभिन्न प्रकारका सवारी साधनमा कर्जा सुविधा लिन सक्नेछन् ।
सम्झौता पत्रमा कामना सेवाका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र आइएमई मोटर्सका कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय २१:२३ बजे

















