गृहपृष्ठ मन्त्रीलाई कोट उपहार !
मन्त्रीलाई कोट उपहार !
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कोट उपहार पाएका छन् ।
मन्त्री रावललाई सामान्य हिसाबमा उपहार दिइएको भने होइन । हुम्लाका दलित र विपन्न समुदायको क्षमता अभिवृद्धिका लागि छुट्याइएको रकम दूरुपयोग गरी कर्मचारी र मन्त्रीका पीएका लागि कोट सिलाएको आरोपमा साझा पार्टी कर्णाली प्रदेशले मन्त्रीलाई व्यग्यात्मक रुपमा कोट उपहार दिएको हो ।
गरिब जनताको करबाट उठेको रकम दूरुपयोगमा सरकार मुकदर्शक बन्नुले संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको साँझा पार्टीका कर्णाली संयोजक गेहेन्द्रप्रसाद दाहालले बताए ।
यसअघि, घरेलु तथा साना उद्योग विकास समिति हुम्लाले दलित तथा विपन्नको क्षमता विकास तालिमका लागि छुट्याएको बजेटबाट प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न कार्यालयका प्रमुख तथा मन्त्रीका पीएसम्मलाई कोट सिलाइएको समाचार सार्वजनिक भएको थियो ।
पार्टीले आगामी दिनमा यस्ता घटना हुन नदिन र दोषीलाई कारबाही माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ ।
प्रकाशित समय १७:५६ बजे
















