गृहपृष्ठ नेपाल चेम्बर र जर्जिया चेम्बरबीच लगानी तथा व्यापार अभिवृद्धि सम्झौता
नेपाल चेम्बर र जर्जिया चेम्बरबीच लगानी तथा व्यापार अभिवृद्धि सम्झौता
नेपाल चेम्बर अफ कमर्स र जर्जिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजबीच लगानी तथा व्यापार अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जर्जियाका उपविदेशमन्त्री एलेक्जेन्डर खटिसियस्भिलीको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्सका अध्यक्ष गिवर्गी पेर्रटियाले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा दुई देशको व्यापारिक, आर्थिक एवं लगानीको विकास प्रगाढ एवं सुदृढ गर्ने समझदारी भएको छ । दुई देशका उद्यमी व्यवसायीबीच प्रचलित कानुन र नियमको ढाँचाभित्र रही द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गर्ने तथा नयाँ व्यावसायिक अवसरले सम्ंभावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ । नौ बुँदे समझदारीअनुसार दुई दशेका चेम्बर आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एंव आपसी सम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, वैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागी हुनेछन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधि, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए । आर्थिक उन्नतिका लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, वैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागू भइसकेको जानकारी गराउँदै नेपालमा व्यवसाय एवं लगानीको उपयुक्त वातावरण भएको स्पष्ट पारे । उनले सन् २०१५ देखि नेपाल चेम्बर एक्स्पो हुँदै आएको र सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा जर्जियाबाट समेत सहभागिताका लागि अनुरोध गरे ।
कार्यक्रममा जर्जियाका उपविदेशमन्त्री खटिसियस्भिलीले जर्जियाले अवलम्बन गरेको एकद्वार प्रणाली विश्वकै लागि अनुकरणीय भएको बताए । उनले नेपालले पनि जर्जियाको अनुभवबाट समग्र सामाजिक सेवा विस्तारमा र आर्थिक क्षेत्रमा एकद्वार प्रणालीमा हासिल गरेको अनुपम, अनुकरणीय उदाहरण नेपालमा समेत मुलुकको आवश्यकताअनुसार जर्जिया सरकार नेपाल सरकारसँग समन्वय गरी चेम्बरसँग सहकार्य गर्न तयार रहेको जानकारी गराए । दुई मुलुकबीच पर्यटन प्रवर्धन गर्नका लागि जर्जिया सरकारले भिसामा सरलीकरण गरेको उनको भनाइ छ ।
२०१८ मा जर्जियासँगको व्यापारमा नेपालले करिब २३ लाखको व्यापार घाटा व्यहोरेको छ । नेपालले २९ लाखको आयोत गर्दा ६ लाख ७० हजारको मात्र निर्यात गरेको छ । नेपालबाट जर्जियामा हाते कागज, ऊनी गलैंचा, हस्तकला, चिया, कफी, चाँदीका गरगहना आदि निकासी गर्ने हुने गरेको छ ।
प्रकाशित समय ०६:३२ बजे

















