गृहपृष्ठ चेम्बरले अर्थमन्त्रीलाई भन्यो- भीसीटीएसमा सुधार गरौं

चेम्बरले अर्थमन्त्रीलाई भन्यो- भीसीटीएसमा सुधार गरौं

chamber-newskarobar

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बरको प्रतिनिधि मण्डलले मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडालगायत अर्थ मन्त्रालयका उच्च पदस्थ अधिकारीसँग भेट गरी माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)मा सुधार गर्न आग्रह गरेको छ । चेम्बरका अध्यक्ष श्रेष्ठले भन्सार विन्दुबाट गन्तव्य स्थल र उद्योगबाट गन्तव्य स्थलसम्मका लागि मात्रै भीसीटीएस लागू गर्न र स्थानीय ढुवानीमा लागू गर्न उपयुक्त नहुने सुझाव दिए ।

ऐनले स्थायी लेखा नम्बर नभएका कर्मचारी तथा कामदारलाई भुक्तानी गरिएको खर्च आय गणना गर्ने प्रयोजनका लागि खर्चबापत कट्टी गर्न नपाइने भएकाले उद्योग व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने चेम्बरको भनाइ छ । ९५० रुपैयाँभन्दा बढी मूल्यको बिजकमा अनिवार्य पान नम्बर चाहिने व्यवस्था बजार भाउको दृष्टिले पनि असान्दर्भिक भएको भन्दै चेम्बर अध्यक्ष श्रेष्ठले कम्तीमा ५ हजार रुपैयाँ बनाउन आग्रह गरे ।

छलफलमा अर्थमन्त्री डा. खतिवडाले भीसीटीएसले रियल टाइम सूचना प्रवाह गर्ने र केही प्राविधिक कठिनाई भए व्यावहारिक रुपले समाधान गर्दै लैजाने प्रतिबद्धता जनाए । पानको विषयमा पनि व्यावहारिक कठिनाइ देखिए सुल्झाउन आफू तयार रहेको उनले बताए ।

प्रकाशित समय २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु