गृहपृष्ठ विश्व बजारमा तेलकाे मुल्य घट्याे, नेपालमा घट्ला त ?
विश्व बजारमा तेलकाे मुल्य घट्याे, नेपालमा घट्ला त ?
काठमाडौँ- अघिल्लो हप्ता तेलको मूल्य विगत तीन वर्षको सबैभन्दा उच्च पुग्यो । नीति निर्माताहरु तेलको मूल्यबृद्धीले खुसी थिए । तर अब तेलको मूल्य पुनः घट्न थालेको छ ।
अघिल्लो हप्ता प्रति व्यारेल ७३ अमेरिकी डलर रहेको कच्चा तेलको मूल्य घटेर हाल प्रति व्यारेल ६६.५० अमेरिकी डलर भएको छ । त्यस्तै विश्वव्यापी रुपमा कच्चाको तेलको मूल्य ६%ले घटेको छ । यसको मूल्य प्रति व्यारेल ८० अमेरिकी डलर घटेर प्रति व्यारेल ७६ अमेरिकी डलर भएको छ ।
तेलको मूल्य कटौती शुक्रबार साउदी अरबले शुरु गरेको थियो । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता र विश्व तेल कार्टेल ओपेकको नेता समेत रहेको साउदी अरबका उर्जामन्त्री खालिद अल–फलिहले आफू रसिया र अन्य ओपेक राष्ट्रहरुसँग विश्वव्यापी तेलको पुर्तिमा रहेको चिन्ता सम्बोधन गर्नको लागि गहन छलफलमा रहेको बताएका थिए ।
ओपेकसम्बद्ध तेल उत्पादक राष्ट्रहरु र रसिया जुन २२ मा भियनामा भेला हुदैछन् । त्यहाँ उनीहरुले आआफै लगाएको उत्पादनमा कटौतीलाई हटाउने विषयमा कुरा गर्दै छन् । ‘तेल बजारलाई स्वस्थ प्रत्याभुत गराउनु सबै उत्पादकहरुको उद्देश्य हो । यदी यसको अर्थ हाम्रो नीतिहरुमा परिवर्तन हो भने, हामी त्यसका लागि पनि तयार छौं,’ अल–फलिहले भने ।
अल–फलिहले ओपेक र रसियाले ‘निकट भविष्य’मा विश्व बजारमा अझ धेरै तेल आपुर्ती गर्न सक्ने बताएका थिए । यो कदम भेनेजुयलाको बन्द भएको तेल उत्पादन र इरानमा अमेरिकी नाकाबन्दी शुरु गरे पछिको असरले बजारमा तेल आपूर्तिमा आएको कमीको असर कम गर्न ल्याउन लागेका अल–फलाहले बताए ।
अमेरिकी कच्चा तेल उत्पादन मध्य २०१६ यता २५%ले बढेको छ । यो तेल उत्पादन बृद्धी उत्पादकहरुले केही बढेको मूल्यबाट धेरै फाइदा लिन चाहँदाको प्रतिफल हो । तेलक्षेत्र सेवा फर्म बेकर ह्युगस्ले शुक्रबार एक तथ्याङ्क सार्वजनिक गर्यो । त्यसमा उत्तर अमेरिकाका तेल ड्रिलिङ्ग गर्ने संरचनाको सङ्ख्या हालसम्मकै उच्च रहेको उल्लेख थियो ।
तेलको मूल्यमा आएको गिरावट धेरै तेल किन्ने राष्ट्रहरुको लागि राम्रो खबर हुनसक्छ । उदाहरणको लागि तेलको मूल्य कम रहँदा विमानसेवाको फाइदा उच्च हुने गर्छ । र, कच्चा तेलको मूल्य कम हुदाँ भारतजस्तो देशलाई पनि फाइदा हुन्छ । यो वर्षको शुरुतिर तेलको मूल्य प्रति व्यारेल ६० डलरबाट बढेर प्रति ब्यारेल ७० डलर पुगेको थियो । सामान्यतया विज्ञहरुले यो मूल्य स्तरलाई आपुर्ति धान्न प्रयाप्त हुने गरि उच्च र मागलाई धान्ने सक्ने गरि प्रयाप्त हुने गरी न्यून मान्छन् ।
साउदी अरबलाई यस्तै सम्वेदनशील सन्तुलन कायम गर्नुपर्छ भन्ने थाहा छ । तेलको उच्च मूल्यले यसको सरकारी कार्यक्रमहरुलाई लगानी गर्न सहयोग पुग्छ । साथै, यसले उसको सरकारी तेल कम्पनी साउदी अरम्कोलाई नीजिकरण गर्ने योजनालाई पनि राम्रो हुन्छ ।
तर, यो उच्च मूल्यले व्यक्तिहरु र उद्योगहरुलाई खर्च कटौती गर्न बाध्य पार्छ । यसले विश्वव्यापी आर्थिक बृद्धीलाई घटाउँछ । अन्ततः कम भएको विश्व अर्थतन्त्रले पुनः तेलको मागमा घटाउँछ ।
विश्व तेल बजारमा मुल्य घटेपनि नेपालमा तेलकाे मुल्य बढीरहेकाे छ । पिछिल्लाे समयमा अाएकाे ठूलाे मात्राकाे मूल्य गिरावटले नेपालमा पनि तेलकाे मुल्य घट्न सक्छ । विशेष गरी भारती बजारमा १५ दिनमा तेलकाे मूलय फेरबदल हुने गरेकाेले नेपालमा पनि त्यही अनुसार मुल्य घटबढ् हुँदै अाएकाे छ । अाउँदाे जुन २ मा पनि अायल निगमले मुल्य घटाउन पनि सक्छ । (एजेन्सीकाे सहयाेगमा)
प्रकाशित समय १०:३९ बजे

















