गृहपृष्ठ १५ दिनमै नाम फेर्दै नेकपा, अाजै अायाेगमा निवेदन दर्ता गर्ने

१५ दिनमै नाम फेर्दै नेकपा, अाजै अायाेगमा निवेदन दर्ता गर्ने

काठमाडाैं- तत्कालीन माओवादी र एमालेबीच एकीकरण भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन) जन्मिएको १५ दिन नबित्दै नाम परिवर्तन गर्ने भएकाे हाे ।

सरकारको नेतृत्व गरिरहेको यो पार्टीको नामको बिषयमा अन्यौल भएपछि अन्तत सो नाम नै परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टि (नेकपा) हुने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नाममा यसअघि नै निर्वाचन आयोगमा अन्यले पार्टी दर्ता गरिसकेकाले एमाले र माओवादीले एकीकरणपछि नाममा अण्डरलाइन दिएर केही फरक देखाउन खोजेका थिए । तर, निर्वाचन  आयोगले अण्डरलाइन दिंदैमा पहिला दर्ता भइसकेको पार्टी पुनः दर्ता गर्न नमिल्ने भनेपछि सो पार्टी नामकाे पछि ब्राकेट भित्र नेकपा राख्न लागिएकाे हाे ।

पार्टीका शीर्ष नेताबीच नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइन नाम हटाएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) राख्ने सहमति भएको हो । अण्डरलाइनबाट ब्राकेटको नाम जुराएर सो पार्टी आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

एक नेताले नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइनको नाममा विवाद उत्पन्न भएपछि ‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा)’ नाम जुराइएको र अब यही नामको दल दर्ता हुने भएको बताए ।

यसरी २०७५ जेठ ३ गते एकीकरण भएका नेपालका दुई ठूला वाम दल, दर्ता प्रक्रिया सुरु भएको १५ दिनपछि मात्र औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता हुने भएका छन्।  निर्वाचन चिन्ह भने सूर्य नै रहने बताइएको छ ।

 

प्रकाशित समय १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु