गृहपृष्ठ विराटनगरमा एकसाथ तीन कृति सार्वजनिक

विराटनगरमा एकसाथ तीन कृति सार्वजनिक

literature-newskarobar

बेग्लाबेग्लै विधाका तीन सर्जकका कृति शनिबार विराटनगरमा एकसाथ विमोचन गरिएको छ । गीतकार विजय कट्टेल ‘छहरा’को बालगीत संग्रह ‘नाच जुरेली’, गजलकार नवराज जमरकट्टेलको ‘बालुन भजन संग्रह’ र शंकरप्रसाद उपाध्याय पौडेलको उपन्यास ‘देशको माटो बोल्दैछ’ एकसाथ विमोचन गरिएको हो ।

प्रतिभा पुरस्कार प्रतिष्ठानले स्थानीय परोपकार सामुदायिक भवनमा आयोजना गरेको संयुक्त विमोचन समारोहबीच ती कृतिको विमोचन गरिएको हो । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष एवं प्राज्ञ दधिराज सुवेदी र प्राज्ञ विवश पोखरेलले संयुक्त रुपमा कृतिहरुको विमोचन गरे ।

नाच जुरेलीमा २० वटा र बालुन भजन संग्रहमा २२ वटा रचना संगृहीत छन् । उपन्यासमा देशभक्ति र सामाजिक मनोभावसँग जोडिएका विषयबस्तु समेटिएको साहित्यकार दिनेशराज सुवेदीले जानकारी दिए । कार्यक्रममा संस्कृतिसँग जोडिएको बालुन गीति नृत्यसमेत प्रस्तुत गरिएको थियो । झलकरमण नेपाल, खेमराज नेपाल, गोविन्द ओझालगायतको समूहले गीति नृत्य प्रस्तुत गरेको थियो ।

प्रकाशित समय ०६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु