गृहपृष्ठ ‘किरानामा’ कुमारी बैंकको महाबचत योजना
‘किरानामा’ कुमारी बैंकको महाबचत योजना
काठमाडौं- कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक अफर “कुमारी महाबचत योजना” ल्याएको छ ।
बैंकले मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई “मेरो किराना डट कम”बाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको हो । काठमाडौं उपत्यका भित्र लागु हुने यो योजनामा किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा फ्रि होम डेलिभरीको व्यवस्था पनि मिलाएको छ ।
“मेरो किराना डट कम”मा ग्राहकहरुले खाद्यान्य लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरीद गरि निःशुल्क डेलिभरीको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित समय १०:१९ बजे

















